लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको २५औँ वार्षिक साधारण सभा असोज २८ गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा बस्नेछ। सभाले लाभांश, वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स