साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?

साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?
Advertisement Ads

 ७२ वटा ब्रोकर कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि नेप्सेको कारोबार रोकिएको घटनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले छानबिन अघि बढाएको छ।

आज कारोबार नै रोक्नुपर्ने अवस्था सिर्जना भएको विषयमा सेबोनले गम्भीर चासो जनाउँदै समस्या के कारणले आयो, कारोबार किन रोकियो र भविष्यमा यस्तो घटना दोहोरिन नदिन के सुधार गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएको छ।

यसका लागि सेबोनका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाइएको छ। टोलीले घटनाको प्राविधिक पक्षको जाँच गरी सुधारका उपायसहितको प्रतिवेदन २०८३ असोज १२ गतेभित्र बुझाउनुपर्नेछ।

सेबोनले निरीक्षण टोलीको सुझावका आधारमा नेपालको धितोपत्र बजारलाई थप स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन आवश्यक काम अघि बढाउने जनाएको छ।

Screenshot 21 9 2026 163350 sebon.gov .np https://bajarkochirfar.com/the-securities-and-exchange-board-of-nepal-seb-has-opened-up-about-the-cyber-attack-incident-what-did-it-do | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स