एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि मंसिर ११ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार हाल कायम प्रत्येक २ कित्ता साधारण सेयर बराबर सेयरधनीले थप १ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि बैंकले २०८३ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई सेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

प्रतिकृया