एनआईसी एशिया बैंकले हकप्रद सेयर निष्काशन गर्ने, पायो राष्ट्र बैंकबाट पूर्वस्वीकृति

एनआईसी एशिया बैंकले हकप्रद सेयर निष्काशन गर्ने, पायो राष्ट्र बैंकबाट पूर्वस्वीकृति

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि पूर्व स्वीकृति दिएको छ। वैशाख १७ गते जारी पत्रमार्फत राष्ट्र बैंकले बैंकलाई हालको चुक्ता पुँजीको आधारमा हकप्रद जारी गर्न अनुमति प्रदान गरेको हो।

यसअघि बैंकको पुस २० गते बसेको सञ्चालक समिति बैठकले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो। राष्ट्र बैंकको स्वीकृतिसँगै अब बैंकलाई हकप्रद निष्काशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

अब उक्त प्रस्ताव जेठ १८ गते बोलाइएको वार्षिक साधारणसभाबाट पारित गरिनेछ। त्यसपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्रै हकप्रद निष्काशन प्रक्रिया अघि बढ्नेछ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। बैंकले २:१ अनुपातमा करिब ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ।

nic asia right shares notice 1777874226762 https://bajarkochirfar.com/nic-asia-bank-to-issue-rights-shares-receives-prior-approval-from-nepal-rastra-bank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स