हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १८ गते
हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा आज (जेठ १८ गते सोमबार) काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।

त्यस्तै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सम्बन्धित निकायको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको हाल कायम चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई सभाले स्वीकृति प्रदान गरेको छ। साथै अन्य विभिन्न प्रस्तावहरू पनि सभाबाट पारित भएका छन्।

सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध रूपमा सञ्चालकमा निर्वाचित गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स