एनआईसी एशिया बैंकको नाफामा पहिरो: १४ करोडमा खुम्चियो खुद नाफा, वितरणयोग्य मुनाफा ऋणात्मक

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १५ गते
एनआईसी एशिया बैंकको नाफामा पहिरो: १४ करोडमा खुम्चियो खुद नाफा, वितरणयोग्य मुनाफा ऋणात्मक
AdvertisementAds

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १०.४९ प्रतिशतले घटेर १४ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज घटेपनि खुद ब्याज आम्दानी घटेका कारण नाफामा कमी आएको हो।

चौथो त्रैमाससम्ममा एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेर ६ अर्ब ३१ करोड रुपैयाँमा आएको छ, सञ्चालन आम्दानी १६.४५ प्रतिशतले घटेर ७ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ४७.८६ प्रतिशतले घटेर ६७ करोड रुपैयाँमा सीमित भएको छ। यता, इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५ करोड रुपैयाँबाट घटेर २ अर्ब ९१ करोड रुपैयाँमा आएको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक र जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १६ पैसाले घटेर १ रुपैयाँ २५ पैसामा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स