कर्णाली राजमार्ग, नाग्म–गमगडी तथा जुम्ला–मनाङ–मुस्ताङ सडक निर्माण सम्झौताअनुसार समयमै काम नगर्ने ६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कालोसूचीमा विनम्र निर्माण सेवा ३ वर्ष, ध्रुव निर्माण सेवा २ वर्ष, अविनाश निर्माण सेवा १ वर्ष, शङ्करमाली निर्माण सेवा ३ वर्ष, मान शाही निर्माण सेवा ३ वर्ष र कश्यप निर्माण सेवा २ वर्षका लागि परेका छन्।
यी कम्पनीले कालोसूचीको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

प्रतिकृया