नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले सीमित एटीएमबाट १०० रुपैयाँ दरका नयाँ नोट वितरण सुरु गरेका छन्। दसैंलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायतका केही स्थानका एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था गरिएको हो।
राष्ट्र बैंकका अनुसार केही बैंकले आफ्ना कुल एटीएममध्ये १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्ने तयारी गरेका छन्। नयाँ प्रविधिका एटीएममा ३–४ वटा क्यासेट हुने भएकाले यस्तो नोट राख्न सहज भए पनि पुराना मेसिनमा प्राविधिक सीमितता रहेको छ।
एटीएमबाटै साना दरका नयाँ नोट उपलब्ध भएपछि विद्यार्थी, न्यून आय भएका सर्वसाधारण तथा खुद्रा रकम आवश्यक पर्ने ग्राहकलाई सहज हुने र चाडपर्वका बेला बैंक काउन्टरमा हुने भीड घट्ने अपेक्षा गरिएको छ।

प्रतिकृया