नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
क्यानले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो। आगामी २१ असोजदेखि सुरु हुने लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्।


प्रतिकृया