लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न
Advertisement Ads

ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

पारित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।

सभाले अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ। बैंकले समीक्षा अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

सभाले प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

बैंकका अध्यक्ष ढकालले ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभेच्छुकको सहयोगले बैंकले दुई दशकको यात्रा पूरा गरेको बताए। उनले डिजिटल बैंकिङ सेवामा थप लगानी गर्दै बैंकिङ सेवालाई अझ सहज र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे।

Advertisement Ads

हाल ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालय छन्।

यसैगरी, बैंकले भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि कर्मचारीको एक दिनको तलबसहित ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स