पोखरा फाइनान्सले २ लाख २३ हजार ५६८ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।
फाइनान्सका संस्थापक सेयरधनी मनबहादुर गुरुङको नाममा रहेको १ लाख ६६ हजार ५६.९४ कित्ता र नारायणबाबु लोहनीको नाममा रहेको ५७ हजार ५११.१७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
यसअघि संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी उक्त सेयर बिक्रीमा राखिएको थियो। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेपछि फाइनान्सले ७ दिने सूचना जारी गर्दै सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ।

प्रतिकृया