आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १६ देखि ३० गतेसम्मको कारोबारका विजेताहरू घोषणा गरेको छ। यसपटक एक जना उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् भने थप १५ जना दैनिक पुरस्कारका लागि छनोट भएका छन्।
विभागका अनुसार १० लाख रुपैयाँको बम्पर पुरस्कार कुपन नम्बर ११७९१७६१४८५२ ले प्राप्त गरेको छ। बम्पर पुरस्कार विजेताले २५ प्रतिशत कर कट्टीपछि ७ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

यस्तै, दैनिक पुरस्कारतर्फ १५ जना उपभोक्ता छनोट भएका छन्। उनीहरू प्रत्येकले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्। यसमा २५ प्रतिशत कर कट्टी भएपछि प्रत्येक विजेताले खुद १ लाख रुपैयाँ पाउनेछन्।
सरकारले बिल-बिजक लिने उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको यस कार्यक्रममा प्रणालीमार्फत गोलाप्रथा गरी विजेता कुपन नम्बर छनोट गरिएको हो।
विभागले २०८३ कात्तिक १६ देखि ३० गतेसम्म भएका योग्य कारोबारका आधारमा विजेता छनोट गरेको जनाएको छ। बिल लिने बानीको विकास गराउँदै कारोबारलाई पारदर्शी बनाउने र आन्तरिक राजस्व संकलनमा सहयोग पुर्याउने उद्देश्यले विभागले प्रत्येक १५ दिनमा यस्तो पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
दैनिक पुरस्कारका लागि छनोट भएका विजेताहरू:


प्रतिकृया