तिन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

तिन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
Advertisement Ads

ग्लोबल आइएमई बैंक, आईसीएफसी फाइनान्स र नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज असोज २ गते अन्तिम दिन रहेको छ। यी तीनवटै कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज ५ गते बुक क्लोज गर्ने भएका छन्।

यसअनुसार आजसम्म कायम सेयरधनीले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा असोज १६ गते आयोजना गर्दैछ। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजेबाट सुरु हुने सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कुल १० प्रतिशत लाभांश पारित गर्नेछ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

आईसीएफसी फाइनान्सले २३औँ वार्षिक साधारणसभा असोज १३ गते आयोजना गर्ने भएको छ। काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेबाट सुरु हुने सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

हाल कायम चुक्ता पुँजी रु. १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रहेको कम्पनीले करसहित रु. १२ करोड ४५ लाख ७५ हजार ७०३.६६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

नेपाल ल्युब आयलले ३५औँ वार्षिक साधारणसभा असोज १९ गते बोलाएको छ। ललितपुरको पुल्चोकस्थित दि प्लाजमा बिहान ११ः३० बजेबाट सुरु हुने सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कुल २१.०५२६४ प्रतिशत लाभांश पारित गर्नेछ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

यसैगरी, सभाले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपात अर्थात् २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसमेत अनुमोदन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स