ग्लोबल आइएमई बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने १० प्रतिशत लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकको साधारण सभा असोज १६ गते शुक्रबार नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ९ बजे बस्नेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिकृया