चिरख्वा हाइड्रोपावरका आधारभूत सेयरधनीले २ लाख ४८ हजार कित्ता सेयर बेच्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १८ गते
Advertisement Ads
चिरख्वा हाइड्रोपावरका आधारभूत सेयरधनीले २ लाख ४८ हजार कित्ता सेयर बेच्ने
Advertisement Ads

चिरख्वा हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा रहेको २ लाख ४८ हजार ५६ कित्ता सेयर बिक्री गर्ने भएका छन्।

कम्पनीका अनुसार लामाले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने मनसायसहित दिएको निवेदन कात्तिक १७ गते प्राप्त भएको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) तथा नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि पाँच कारोबार दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स