चिरख्वा हाइड्रोपावर लिमिटेडको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको ३० लाख ७०० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ।
कम्पनीका अनुसार उक्त सेयरको तीन वर्षे लकइन अवधि २०८३ कात्तिक १४ गते (सन् २०२६ अक्टोबर ३१) देखि समाप्त हुनेछ। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लकइन अवधि समाप्त हुन लागेको सेयरको विवरण सार्वजनिक गरेको हो।
लकइन अवधि समाप्त हुने सेयरमध्ये संस्थापक समूहको २८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको २ लाख ४ हजार ७०० कित्ता र कर्मचारीको १६ हजार कित्ता रहेको छ।
कम्पनीले सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिदेखि तीन वर्षका लागि उक्त सेयर लकइनमा राखिएको जनाएको छ।
यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।


प्रतिकृया