चिरख्वा हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
चिरख्वा हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ

चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको जनाएको छ, जसबाट कुल ४० करोड रुपैयाँ बराबरको पूँजी संकलन हुनेछ।

उक्त हकप्रद सेयर हाल कायम सेयरधनीहरूलाई १ः१ अनुपात अर्थात् १०० प्रतिशत वितरण गरिने कम्पनीले जनाएको छ।

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। यस सम्बन्धमा दुवै कम्पनीबीच जेठ ६ गते निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स