अपर स्याङ्गे हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, कहिले बस्दैछ साधारण सभा ?

Advertisement Ads
अपर स्याङ्गे हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, कहिले बस्दैछ साधारण सभा ?
Advertisement Ads

अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २ गते १०औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको २०८३ मंसिर ८ गते बसेको ७६औँ बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको चप्पल कारखाना चोकस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बिहान ९ः३० बजे सुरु हुनेछ।

सभामा हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्ने प्रस्तावमाथि छलफल हुनेछ।

नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनका विषयमा कुनै सुझाव वा निर्देशन आएमा सोहीअनुसार आवश्यक परिवर्तन गर्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।

त्यस्तै, कम्पनीले ऋण स्वापसम्बन्धी गरेको निर्णय तथा सञ्चालक समितिका अन्य निर्णय अनुमोदन गर्ने प्रस्ताव राखेको छ। जलविद्युत्, सौर्यलगायत अन्य उपयुक्त कम्पनीमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा पेस हुनेछ।

Advertisement Ads

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न संस्था तथा व्यक्तिलाई उपलब्ध गराएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने प्रस्तावसमेत अघि सारेको छ। कम्पनीका प्रवर्द्धक तथा आधारभूत सेयरधनीबाट प्राप्त हुने सापटी तथा ऋण रकममा सञ्चालक समितिको निर्णयअनुसार ब्याज प्रदान गर्ने र त्यससम्बन्धी आवश्यक व्यवस्था गर्ने विषय पनि विविधअन्तर्गत समावेश गरिएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ।

यसैगरी, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स