SHAREHUBSHAREHUB

गत वर्ष १ करोड ३२ लाख घाटामा रहेको अपर स्याङ्गे हाईड्रोपावर नाफामा, कति कमायो नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २७ गते
AdvertisementAds
गत वर्ष १ करोड ३२ लाख घाटामा रहेको अपर स्याङ्गे हाईड्रोपावर नाफामा, कति कमायो नाफा ?
AdvertisementAds

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीले ९ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। विद्युत बिक्री आम्दानीमा उल्लेखनीय वृद्धि र वित्त खर्चमा कमी आउदा नाफामा सुधार देखिएको हो।

पहिलो त्रैमाससम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १९८.१८ प्रतिशतले बढेर १ करोड ८९ लाख रुपैयाँमा पुगेको छ। यता, कम्पनीको वित्त खर्च ९५ लाख ८५ हजार रुपैयाँबाट घटेर ७६ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ।समीक्षा अवधिमा कम्पनीको कर्मचारी सुविधा खर्च २३ लाख ७२ हजारबाट बढेर २४ लाख ४२ हजार रुपैयाँ पुगेको छ। यस्तै, प्रशासनिक खर्च २३ लाख २४ हजारबाट बढेर २८ लाख ३५ हजार पुगेको छ।

कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ रहेको छ भने रिजर्भको आकार १ करोड ७० लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। कम्पनीको कुल चालु सम्पत्ति ७ करोड ४३ लाख रुपैयाँ र कुल चालु दायित्व ८ करोड ९५ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९२.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८६.३ रुपैयाँ र तरलता अनुपात ८३.०२ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको प्रारम्भिक महिनाहरूमा नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रशारण लाइनमा आएको समस्याका कारण स्याङ्गे आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले विद्युत बिक्री आम्दानीमा केही गिरावट आएको थियो। तर, चालु त्रैमाससम्म आइपुग्दा विद्युत उत्पादन र प्रशारण पुनः नियमित रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स