अप्पर स्याँङ्गे हाईड्रोपावर लिमिटेडले दोभान खोला हाइड्रोपावर लिमिटेडमा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले दोभान खोलामा ९ करोड ३१ लाख ३७ हजार ५०० रुपैयाँ बराबरको सेयरमा लगानी गर्ने निर्णय गरेको नेप्सेमार्फत सार्वजनिक गरेको हो।
अप्पर स्याँङ्गे हाईड्रोपावरलेनै अध्ययन गरी विकास गरेको २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजना कानूनी जटिलता उत्पन्न भएपछि नयाँ कम्पनी स्थापनाको निर्णय गरिएको थियो। २०८१ जेठ ७ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट नयाँ कम्पनी स्थापना गरी उक्त आयोजना दोभान खोला हाइड्रोपावर लिमिटेड अन्तर्गत सञ्चालन गर्ने निर्णय भएको थियो।
कम्पनीले यस कार्यका लागि विद्युत विकास विभाग र विद्युत नियमन आयोगबाट आवश्यक स्वीकृति समेत प्राप्त गरिसकेको छ।आयोजना हस्तान्तरण प्रक्रियासम्म अप्पर स्याँङ्गे हाईड्रोपावरले खर्च गरेको रकमलाई लगानीका रूपमा ९ लाख ३१ हजार ३७५ कित्ता शेयर (प्रति शेयर १०० रुपैयाँ) दरमा खरीद गरिने भएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया