नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अप्पर साङ्गे हाइड्रोपावरको सेयर कारोबार फुकुवा गरेको छ। कम्पनीले वार्षिक साधारणसभासम्बन्धी सञ्चालक समितिको निर्णय ढिलो नेप्सेमा पठाएको कारण नेप्सेले गत सोमबार सेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। कम्पनीले कानुनको पालना गर्ने प्रतिबद्धतासहित स्पष्टीकरण पेश गरेपछि सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।
कम्पनीको सञ्चालक समितिले भदौ ११ गतेको बैठकमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने एजेन्डासहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय नेप्सेमा भदौ १६ गते मात्र पठाइएको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार, धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय सिर्जना भएमा कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा नट्समार्फत पेश गर्नुपर्ने व्यवस्था छ।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया