SHAREHUB SHAREHUB

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गर्यो

Advertisement Ads
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गर्यो
Advertisement Ads

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले २०८३ असार मसान्तसम्म कायम कुल चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको आधारमा लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार कम्पनीले नगद लाभांशमा लाग्ने करसमेत गरी कुल १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ वितरण गर्नेछ। कम्पनीले यस वर्ष बोनस सेयर भने प्रस्ताव गरेको छैन।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिने कम्पनीले जनाएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स