फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको छ। दुवै संस्थाले २०८३ साउन २५ गते अपराह्न ५ बजे दुई पक्षीय प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
मर्जर प्रक्रिया अघि बढाउने क्रममा दुवै संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, सिडिएस एण्ड क्लियरिङ लिमिटेडलगायत सम्बन्धित निकायलाई पत्र पठाएर जानकारी गराएका छन्।
काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त र काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्सबीच उक्त प्रारम्भिक सम्झौता भएको हो।
प्रारम्भिक सम्झौतापछि दुवै संस्थाले आफ्ना आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राख्न आग्रह गरेका छन्। नेपाल धितोपत्र बोर्डमा दर्ता भएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका, २०७९ को दफा ३(१) र दफा ७ मा भएको व्यवस्थाबमोजिम साधारणसभा नभएसम्म आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राख्न आग्रह गरिएको हो।


प्रतिकृया