फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६० हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्री प्रक्रिया सुरु गरेको हो ।
संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । यी सेयर खरिदका लागि हाल विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य हुनेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरूले आफूले कति कित्ता सेयर कुन दरमा खरिद गर्न चाहेको हो स्पष्ट उल्लेख गरी ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सकिनेछ ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया