प्रतिकित्ता २८० रुपैयाँमै फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

प्रतिकित्ता २८० रुपैयाँमै फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६० हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्री प्रक्रिया सुरु गरेको हो ।

संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । यी सेयर खरिदका लागि हाल विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य हुनेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरूले आफूले कति कित्ता सेयर कुन दरमा खरिद गर्न चाहेको हो स्पष्ट उल्लेख गरी ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स