ब्याज आम्दानी घटे पनि किन बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा ?

ब्याज आम्दानी घटे पनि किन बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ३४.६४ प्रतिशतले बढेर ७ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो।

दोस्रो त्रैमाससम्ममा फर्स्ट माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १२.५४ प्रतिशतले घटेर करोड ९ करोड ७४ रुपैयाँमा झरेको छ भने कुल सञ्चालन आम्दानी १३.७८ प्रतिशतले घटेर ९ करोड ७६ लाखमा आएको छ। यता, सञ्चालन मुनाफा भने ३४.६४ प्रतिशतले बढेर १० करोड ५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ७ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ।

लघुवित्तको खराब कर्जा अनुपात ०.०८ प्रतिशतबिन्दुले बढेर ४.५२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ४.४४ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब ७ करोड ५० लाख रुपैयाँ सापटी संकलन गरी ४ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

दोस्रो त्रैमासको अन्त्यसम्म लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ७५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७ पैसा रहेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६९ पैसाले बढेर १० रुपैयाँ ४७ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३१ पैसा रहेको छ।

पुस मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७६.५१ गुणा रहेको छ।

Q2 4 2 https://bajarkochirfar.com/why-did-first-microfinances-profits-increase-even-though-interest-income-decreased | %tags
यो पनि पढ्नुहोस

सांग्रिला विकास बैंकको कोर बिजनेसमा आक्रामक सुधार: ब्याज आम्दानी १ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स