सांग्रिला विकास बैंकको कोर बिजनेसमा आक्रामक सुधार: ब्याज आम्दानी १ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

सांग्रिला विकास बैंकको कोर बिजनेसमा आक्रामक सुधार: ब्याज आम्दानी १ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ५३.९४ प्रतिशतले बढेर ३० करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानी बढ्नुका कारण बैंकको नाफा बढ्न पुगेको हो।

दोस्रो त्रैमाससम्ममा सांग्रिला डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यता, सञ्चालन मुनाफा ५९.३३ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात १.८८ प्रतिशतबिन्दुले बढेर ६.८७ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ, जसका आधारमा बैंकको लाभांश क्षमता ५.०७ प्रतिशत रहेको छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसाले बढेर १६ रुपैयाँ २१ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।

बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४.७८ गुणा रहेको छ। साथै, समीक्षा अवधिमा बैंकको आधार दर ६.१७ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८३.५५ प्रतिशत रहेको छ।

Q2 4 1 https://bajarkochirfar.com/aggressive-improvement-in-shangri-la-bikas-banks-core-business-interest-income-exceeds-1-billion-what-is-the-earnings-per-share | %tags
यो पनि पढ्नुहोस

माछापुच्छ्रे बैंक ‘१ अर्ब क्लब’ मा ! खराब कर्जा घट्दा नाफा २५% ले बढ्यो, लाभांश क्षमता कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स