विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २५.२४ प्रतिशतले बढेर १ अर्ब १ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
ब्याज आम्दानी तथा फि–कमिसन आम्दानी बढ्नुका कारण बैंकको नाफा बढेको हो भने इम्पेयरमेन्ट चार्ज बढ्नुले सञ्चालन मुनाफामा दबाब परेको देखिन्छ।
दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकको ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०.२२ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ।यस्तै, फि तथा कमिसन आम्दानी ६७ करोड २१ लाखबाट बढेर ८२ करोड ७ लाख पुगेको छ ।
यता, इम्पेयरमेन्ट चार्ज २० करोड ४७ लाख रुपैयाँबाट बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात ०.२९ प्रतिशतबिन्दुले घटेर ४.२५ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ, जसका आधारमा बैंकको लाभांश वितरण क्षमता ७.२२ प्रतिशत रहेको छ। साथै, बैंकको आधार दर ५.४८ प्रतिशतमा झरेको छ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४३ करोड ६३ लाख रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३७ पैसाले बढेर १६ रुपैयाँ ७३ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ।
बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.६१ गुणा रहेको छ।


प्रतिकृया