भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेमा रहेको माछापुच्छे बैंकको शाखा आजदेखि त्रिशूली शाखामा गाभिने भएको छ। बैंकले २०८३ असोज ७ गतेदेखि टिमुरे शाखालाई त्रिशूली शाखामा गाभेर बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको बैंकको शाखा प्रभावित भएको थियो। बाढीका कारण शाखाको नियमित सेवा सञ्चालनमा समस्या आएपछि बैंकले टिमुरे शाखालाई त्रिशूली शाखामा गाभ्ने निर्णय गरेको हो।
बैंकका अनुसार टिमुरे शाखाबाट हालसम्म प्रदान हुँदै आएका बैंकिङ सेवाहरू अब त्रिशूली शाखामार्फत निरन्तर उपलब्ध हुनेछन्। टिमुरे शाखाका ग्राहकले आगामी दिनमा आफ्नो बैंकिङ कारोबार तथा आवश्यक सेवाका लागि त्रिशूली शाखा वा बैंकका अन्य शाखामा सम्पर्क गर्न सक्नेछन्।

प्रतिकृया