माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले चुक्ता पुँजी तथा सेयर प्रिमियम खातामा उपलब्ध रकमबाट साधारण सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार साधारण सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर वितरण गरिनेछ। यसका लागि ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरिएको छ। त्यस्तै, करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्न पनि सोही रकम अर्थात् ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ प्रस्ताव गरिएको छ।

यसैगरी, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। करसहितको उक्त लाभांशका लागि ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ छुट्याउने प्रस्ताव गरिएको छ।

अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।

download 1 https://bajarkochirfar.com/machhapuchhre-bank-has-announced-dividends-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स