लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज २८ गते २८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा पोखरास्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजे बस्नेछ।

सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बोनस सेयरका लागि आवश्यक पुँजी वृद्धि तथा प्रबन्धपत्र संशोधनका प्रस्तावसमेत सभामा पेस हुनेछन्।

यस्तै, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक निर्वाचन गर्ने प्रस्ताव रहेका छन्। स्वतन्त्र सञ्चालकमा अर्जुनकुमार गौतमको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले असोज १२ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले असोज ०९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स