रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २९ गते साँझ ५ बजे बसेको ४२२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै उक्त लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। सो चुक्ता पुँजीको ३० प्रतिशतका दरले ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ। उक्त रकम करसहितको नगद लाभांश हो।
प्रस्तावित लाभांश नियामक निकायको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।


प्रतिकृया