रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ३२औँ वार्षिक साधारण सभा असोज २२ गते बोलाएको छ। कम्पनीको भदौ २९ गते बसेको ४२२औँ सञ्चालक समितिको बैठकले बिहान ९ बजे अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को नाफाबाट प्रस्ताव गरिएको लाभांशसम्बन्धी विषयसमेत छलफल हुने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतका दरले ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांश करसहितको हो।
प्रस्तावित लाभांश नियामक निकायको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (Book Close) गर्ने भएको छ। त्यसअनुसार असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई सेयर खरिद गरेर आफ्नो नाममा नामसारी भएका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा निर्वाचनमा भाग लिन योग्य हुनेछन्।


प्रतिकृया