अण्डाको होलसेल मूल्य बढ्यो, कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १३ गते
Advertisement Ads
अण्डाको होलसेल मूल्य बढ्यो, कति पुग्यो ?
Advertisement Ads

चाडपर्व र जाडोयामसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन होलसेल मूल्य बढाएको छ।

सङ्घले एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँ तथा सानो अण्डाको मूल्य १०० रुपैयाँ बढाएको हो।

नयाँ मूल्यअनुसार एक्सएल अण्डाको एक पेटी ३ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि ३ हजार ७०० रुपैयाँ थियो। त्यस्तै, ठूलो अण्डा ३ हजार ६०० बाट बढेर ३ हजार ८००, मिडियम ३ हजार ५०० बाट बढेर ३ हजार ७०० र सानो अण्डा ३ हजार १०० बाट बढेर ३ हजार २०० रुपैयाँ कायम भएको छ।

कात्तिक ६ गते निर्धारण गरिएको मूल्यलाई छ दिनमै परिमार्जन गरिएको हो। फार्म मूल्य बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्य भने यथावत् राखिएको छ। हाल ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा दुईवटाको ४५ रुपैयाँमा बिक्री भइरहेको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स