आजदेखि काठमाडौंका यी क्षेत्रमा ८ दिनसम्म बिजुली काटिने, कुन दिन कहाँ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १३ गते
Advertisement Ads
आजदेखि काठमाडौंका यी क्षेत्रमा ८ दिनसम्म बिजुली काटिने, कुन दिन कहाँ?
Representative Image
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा आज कात्तिक १३ देखि कात्तिक २० गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने भएको हो।

प्राधिकरणका अनुसार आज कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

त्यस्तै, कात्तिक १४ गते सितापाइलाअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुङ्गेअड्डासम्म विद्युत् कटौती हुनेछ।

कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजारसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

Advertisement Ads

यसैगरी, कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा, कात्तिक १९ गते स्युचाटार सबस्टेसनअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

Screenshot 29 10 2026 84233 epaper.gorkhapatraonline.com https://bajarkochirfar.com/starting-today-these-areas-of-kathmandu-will-be-cut-off-for-8-days-on-which-day-and-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स