देशभरका युवालाई निःशुल्क अनलाइन एआई तालिम दिने तयारी अन्तिम चरणमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १२ गते
Advertisement Ads
देशभरका युवालाई निःशुल्क अनलाइन एआई तालिम दिने तयारी अन्तिम चरणमा
Advertisement Ads

सरकारले देशभरका युवालाई निःशुल्क अनलाइन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा कात्तिक १० गते निःशुल्क अनलाइन एआई तालिमसम्बन्धी प्रस्तुतीकरण तथा छलफल भएको छ। आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्तासम्बन्धी सीपमा युवाको पहुँच बढाउँदै उनीहरूलाई भविष्यको श्रम बजारका लागि सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

यसका साथै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) मार्फत भौतिक उपस्थितिमा समेत एआई तालिम सञ्चालन हुँदै आएको छ।

हालै इटहरीमा असोज १४ देखि २० गतेसम्म आयोजित ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने नारासहितको सीप तथा रोजगार मेलाअन्तर्गत सञ्चालन गरिएको एआई तालिममा ७८९ जना सहभागी भएका थिए।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स