बजारको चिरफार Evening Walk – आज सेयरबजारमा केके भयो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १२ गते
Advertisement Ads
बजारको चिरफार Evening Walk – आज सेयरबजारमा केके भयो ?
Advertisement Ads

आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।

आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।

Advertisement Ads



आज सेयरबजारमा के भयो?

कार्तिक १२ गते बिहिबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २,६९५.६० विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ८ अर्ब ५७ करोड ९ लाख ८८ हजार ८२३.३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्य बढेको, ९१ कम्पनीको सेयर मूल्य घटेको र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।



लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गर्यो, कति दिँदैछ बोनस र नगद ?

लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ३३१औँ बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार बैंकले १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।



सर्वसाधारणका लागि ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउने गरी बिक्री खुला गरेको छ।

बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि सुरुमा विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै बिक्री प्रक्रिया अघि बढाइएको थियो। तर, बैंकले तोकेको अवधिभित्र उक्त सेयर बिक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाका लागि समेत बिक्री खुला गरिएको हो।

बैंकले बिक्रीमा राखिएको सेयरको संख्या र मूल्य भने खुलाएको छैन। सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले आगामी ३५ दिनभित्र काठमाडौँको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।



आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।

भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स