सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न आन्दोलनरत विभिन्न पक्षसँग विगतमा गरेका सहमतिको समीक्षा गरी बाँकी विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो। बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समेत समीक्षा गरिएको थियो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारलगायत सहभागी थिए।
वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गर्ने योजनाअनुसार बैठक आयोजना गरेको हो।

प्रतिकृया