काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक १२ गते
Advertisement Ads
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार
Advertisement Ads

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको ठेक्का तोडिएको छ। निर्धारित समय र थपिएको म्यादभित्र पनि काम सम्पन्न गर्न नसकेपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो।

२०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई निर्माण सुरु भएको उक्त सडक २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो। तर, निर्धारित समयमा काम पूरा नभएपछि २०८३ वैशाख १६ गतेसम्म म्याद थप गरिएको थियो। थपिएको अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको हो।

ठेक्का अन्त्य हुँदासम्म सडकको भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै पुगेको थियो। निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दा पनि सडक कटान तथा संरचना निर्माणले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको हो।

१० किलोमिटर लामो सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। ठेक्का तोडिएपछि सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।

यससँगै सडक डिभिजन कार्यालयमार्फत लामो समयदेखि सडक तथा पुल निर्माणको काम अलपत्र पारिएका ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ। सन् २०१९ अर्थात् २०७६ सालदेखि काम रोकिएका वा अलपत्र रहेका योजनाका ठेक्का तोडिएको जनाइएको छ।

Advertisement Ads

ठेक्का अन्त्य गरिएका योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स