ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल लिन महासंघको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ११ गते
Advertisement Ads
ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल लिन महासंघको आग्रह
Advertisement Ads

ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको निर्णयले ग्यासको कारोबारलाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन सहयोग पुग्ने जनाएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले गत ९ कात्तिकमा सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिल बिजक नदिएको गुनासो बढ्दै गएपछि निगमले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो।

महासंघका अनुसार ग्यासको कारोबारलाई व्यवस्थित तथा सुरक्षित बनाउन यसअघि पनि निगमलाई पटक–पटक विभिन्न सुझाव दिँदै आएको थियो। अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्था यस क्षेत्रको कारोबारलाई व्यवस्थित बनाउने दिशामा कोशेढुङ्गा सावित हुने महासंघको ठहर छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सम्पूर्ण ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्। साथै, महासंघले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल वा बीजक माग्न र लिने बानी बसाल्न अनुरोध गरेको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स