रिलायबल भेन्चर क्यापिटल लिमिटेडले ८० हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसामा सेयर बिक्री गर्न लागेको हो।
कम्पनीका अनुसार संस्थापक सेयरधनीबाट प्राप्त निवेदनका आधारमा प्रक्रियागत बिक्री गर्दा बाँकी रहेको सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो। उक्त सेयर सर्वसाधारण संस्थापक सेयरधनी तथा इच्छुक संस्थागत लगानीकर्ताले खरिद गर्न सक्नेछन्।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् २०८३ मंसिर १५ गतेसम्म आवेदन पेस गर्नुपर्नेछ। आवेदन फाराम कम्पनीबाट प्रतिफाराम १०० रुपैयाँ तिरेर खरिद गर्न सकिनेछ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता प्रस्तावित मूल्य स्पष्ट उल्लेख गरी गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ। यस प्रक्रियामा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम ८० हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

प्रतिकृया