स्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४६ हजार ८७५ कित्ता साधारण सेयरको लक-इन अवधि आगामी मंसिर ११ गते समाप्त हुने भएको छ।
कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो। उक्त सेयरको कुल रकम ४६ लाख ८७ हजार ५०० रुपैयाँ रहेको छ।
कम्पनीका अनुसार २०८३ जेठ १२ गते सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिदेखि ६ महिनाका लागि लक-इनमा राखिएको सेयरको अवधि २०८३ मंसिर ११ गते समाप्त हुनेछ।

प्रतिकृया