स्नो रिभर्सले गर्यो लाभांश घोषणा, बुक क्लोज र साधारण सभा कहिले ?

स्नो रिभर्सले गर्यो लाभांश घोषणा, बुक क्लोज र साधारण सभा कहिले ?
Advertisement Ads

स्नो रिभर्स लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा असोज २१ गते बोलाएको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ८ः३० बजे लिसारा रिसेप्सन्स् प्रा.लि., भगवती बहाल, नक्साल, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ। यसअनुसार ९ लाख ३७ हजार ५०० कित्ता बोनस सेयर वितरण हुनेछ, जसको मूल्य ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबर हुनेछ।

त्यस्तै, कम्पनीले ०.५२६३ प्रतिशत नगद लाभांश अर्थात् ४९ लाख ३४ हजार ६२ रुपैयाँ ५० पैसा वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांश लाभांश कर प्रयोजनार्थ हुनेछ। बोनस सेयर वितरणका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भइसकेको कम्पनीले जनाएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन सेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज ७ गतेसम्म कारोबार भई नियमानुसार नामसारी भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित बोनस सेयर प्राप्त गर्न योग्य हुनेछन्।

Screenshot 15 9 2026 93335 www.nepalstock.com https://bajarkochirfar.com/when-did-snow-rivers-declare-dividends-book-close-and-general-meeting | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Snow Rivers Limited (SNORL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स