गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक २० गते
Advertisement Ads
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी मंसिर ३ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको ६८औँ बैठकको निर्णयअनुसार विराटनगरमा विशेष साधारणसभा आयोजना गर्न लागिएको हो ।

कम्पनीको विशेष साधारणसभा मंसिर ३ गते बिहीबार दिउँसो १ बजे विराटनगरस्थित होटल एयरपोर्टमा बस्नेछ । सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक गरी कुल ५ जना सञ्चालकको निर्वाचन गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ ।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ । त्यसअनुसार कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई प्रचलित कानूनबमोजिम कायम रहेका सेयरधनीले सभामा सहभागी हुन तथा निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स