तिन कम्पनीको वार्षिक साधारण सभा आज पुस १४ गते बस्दैछ। लक्ष्मी सनराइज बैंक, घोराही सिमेन्ट र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्न लागेको हो ।
लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारण सभा आज काठमाडौँ कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। बोनस सेयर जारी गर्न आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।
सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले पञ्चौ वार्षिक साधारण सभा दाङस्थित होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ। सभाले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभामा हकप्रद सेयर वितरण, प्रबन्धपत्र संशोधन, वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित, कम्पनीको कारोबार अनुमोदन, संस्थापक सेयरधनीबाट सापटी रकम व्यवस्थापन, लेखापरिक्षक नियुक्ति तथा संस्थापक सेयरधनी समूहतर्फबाट सञ्चालकहरूको निर्वाचनसमेतको प्रस्ताव उपर छलफल गरिनेछ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर २५ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र लाभांश पाउने र सभामा सहभागी हुने योग्य हुनेछन्।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा आज पुस १४ गते बस्ने भएको छ। सभा आज विराटनगरस्थित होटल एयरपोर्टमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न अख्तियारी प्रत्यायोजन गर्ने, र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने समावेश छ।
साथै, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू छलफल गरी पारित गर्ने, साथै आव २०८२/८३ का लागि बाह्रय लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा मार्फत सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन, र कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्चको अनुमोदन समेत गरिनेछ। सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।








![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया