घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि अनुमति माग्दै फागुन १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा प्रति १ कित्ता सेयर बराबर ०.७५ कित्ता (७५ प्रतिशत) हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।
यस अन्तर्गत कम्पनीले कुल ३ अर्ब ७६ करोड ८३ लाख ४० हजार ७ सय ३ रुपैयाँ बराबरको ३ करोड ७६ लाख ८३ हजार ४ सय ७ दशमलव ०३ कित्ता सेयर निष्काशनका लागि अनुमति मागेको छ।
उक्त हकप्रद सेयर निष्काशनका लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो। अब नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि मात्रै कम्पनीले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउनेछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया