लाभांश पारित गर्न दुई कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति दिँदै ?

लाभांश पारित गर्न दुई कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति दिँदै ?

दुई कम्पनीको वार्षिक साधारण सभा भोलि पुस १४ गते बस्दैछ। लक्ष्मी सनराइज बैंक र घोराही सिमेन्टको वार्षिक साधारण सभा भोलि बस्न लागेको हो ।

लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारण सभा भोलि काठमाडौँ कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ।सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। बोनस सेयर जारी गर्न आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।

सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले पञ्चौ वार्षिक साधारण सभा दाङस्थित होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ। सभाले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरि  कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव पारित गर्नेछ।

सभामा हकप्रद सेयर वितरण, प्रबन्धपत्र संशोधन, वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित, कम्पनीको कारोबार अनुमोदन, संस्थापक सेयरधनीबाट सापटी रकम व्यवस्थापन, लेखापरिक्षक नियुक्ति तथा संस्थापक सेयरधनी समूहतर्फबाट सञ्चालकहरूको निर्वाचनसमेतको प्रस्ताव उपर छलफल गरिनेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर २५ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र लाभांश पाउने र सभामा सहभागी हुने योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स