लक्ष्मी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement Ads
लक्ष्मी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको मंसिर ३ गते बिहीबार बसेको सञ्चालक समितिको २०४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।

संस्थाले ४४ करोड १६ लाख ६२ हजार १०० रुपैयाँ चुक्ता पुँजीका आधारमा २ करोड ९ लाख ७८ हजार ९४९ रुपैयाँ ७५ पैसा बराबरको बोनस सेयर र ११ लाख ४ हजार १५५ रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार संस्थाले कुल २ करोड २० लाख ८३ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

Advertisement Ads

सञ्चालक समितिबाट पारित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत भएको छ।

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि साधारण सभा प्रयोजनका लागि प्रकाशन गरिनेछ। प्रस्तावित लाभांश तथा वित्तीय विवरण आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै कार्यान्वयनमा आउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स