चार कम्पनीले लाभांश नदिने भएका छन् । लुम्बिनी विकास बैंक, हिमालयन बैंक, लक्ष्मी लघुवित्त र पोखरा फाइनान्सले लाभांश नदिने भएका हुन्।
लुम्बिनी विकास बैंकलिमिटेडले चालु वर्षका लागि भने लाभांश वितरण नगर्ने निर्णय गरेको छ। गत वर्ष बैंकले ३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यसैगरी, आगामी वार्षिक साधारण सभामा पेश गर्न गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस ७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय पारित गरेको हो। त्यसै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ।
लक्ष्मी लघुवित्तवित्तीय संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिले पुस ७ गते बसेको १९३औँ बैठकमा सभा आयोजना गर्ने र सेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय पनि गरेको छ। साधारण सभासम्बन्धी सूचना २०८२ पौष ८ गते प्रकाशित आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराइसकेको छ।
पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय पारित गरेको हो। त्यसैअनुसार, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया