हिमालयन बैंक यसकारण पर्यो राष्ट्र बैंकको कारबाहीमा

हिमालयन बैंक यसकारण पर्यो राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडमाथि कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा गरिएको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको निष्कर्ष निकालेको हो।

निरीक्षणका क्रममा हिमालयन बैंकले सीमित ऋणीहरूलाई निर्धारित प्रिमियम दरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकमलाई बक्यौता ब्याज तथा साँवा भुक्तानीमा प्रयोग गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, तोकिएको समयसीमापछि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम मात्र लिएर कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना गरिएको, पुनरसंरचित कर्जामध्ये भाखा नाघेको किस्ताको साँवा रकम मात्र वर्गीकरण गरी बाँकी साँवा रकमलाई असल कर्जामा राखिएको तथा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरिएको समेत भेटिएको छ।

केन्द्रीय बैंकका अनुसार केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा सही ढंगले वर्गीकरण गरिएको थिएन। साथै, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाइएको र ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जामा वर्गीकरण नगरी आवश्यक कर्जा नोक्सानी व्यवस्था समेत नगरेको पाइएको छ।

यी कार्यहरू एकीकृत निर्देशन २०८१ को व्यवस्था विपरीत रहेको ठहर गर्दै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) बमोजिम बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

साथै, निर्देशन उल्लंघनका विषयमा सुधारात्मक कदम चाल्नका लागि बैंकको सञ्चालक समितिसँग कबुलियतनामा समेत गराइएको केन्द्रीय बैंकले जनाएको छ।

himalayan bank ceo cautioned notice 1779084261944 https://bajarkochirfar.com/himalayan-bank-was-taken-into-action-by-the-nepal-rastra-bank-due-to-this-reason | %tags

Screenshot 2026 05 18 114902 https://bajarkochirfar.com/himalayan-bank-was-taken-into-action-by-the-nepal-rastra-bank-due-to-this-reason | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स