यस पटक पनि लक्ष्मी लघुवित्तका सेयरधनीहरूको हात खाली नै रहने



Advertisement
Ads

लक्ष्मी लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।  मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो ।

यस अघि, कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा भने १५  प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । तर, कम्पनीले आर्थिक वर्ष २०७९ /८० मा भने सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गरेको थिएन। त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर